• Tuesday 6th of October 2026

अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे दिएको अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् ।

केहि दिन अगाडि सोसल मिडियाका पत्रकारलाई अन्तरवार्ता दिँदा ट्राफिकको नियम पालना नगर्नेलाई ५० हजार जरिवाना गर्नु पर्छ भनेर दिएको अभिव्यक्तिको विषयमा माफी माग्दै अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक अवको एक वर्ष कुनै पनि सञ्चार माध्ययमलाई अन्तरवार्ता नदिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरुलाई अन्तरवार्ता दिँदा रु। ५० हजार जरिवाना गर्नु पर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्न अनुसारको घोषणा गर्दछु। त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरुले मुटुमा हात राखेर सोच्नु होला।’

उनले सञ्जालमा थप लेखेका छन्– ‘आज देखि मैले कुनै पनि ठुला साना युटुवरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन । केहि दिन अगाडि ट्राफिक जरिवाना सम्बन्धी कुरामा मलाई केहि थाहा छैन भन्दा भन्दै पनि उनीहरुले कोट्याई कोट्याई सोधेको थिए । मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरुले नै निकालेको हो । अटेर गर्ने, अपराध गर्नेहरूलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ रु आफैले नै कल्पना गर्नुहोस् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖