• Monday 5th of October 2026

आत्मदाह गरेका गणेशको परिवारलाई महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने


  • धनकुटा खबर
  • .

काठमाडौं, असार २६ । काठमाडौं महानगरपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गरेको छ। घटना हुनुअघि काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो। महानगर प्रहरीले उनको बाइकमा ह्वील लक लगाएको थियो। त्यसको केही समयपछि सोही बाइकको पेट्रोल झिकेर उनले आफैँलाई आगो लगाएका थिए।

यसबारे महानगरले सरकारले बनाउने छानबिन समितिलाई सहयोग गर्ने पनि बताएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले जारी विज्ञप्तिमा उल्लेख छ, ‘दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖