• Monday 5th of October 2026

बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका दुतराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा), टेकुबाट खटिएको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार तामाङ विगत केही वर्षदेखि फरार रहँदै आएका थिए ।

पक्राउपछि उनीमाथि विभिन्न आपराधिक घटनामा संलग्नताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖