• Tuesday 6th of October 2026

पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले माओवादीका एक पूर्वलडाकु कमाण्डरलाई ठगी आरोपमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएर काठमाडौँ बस्ने लहानुराम चौधरी छन् । शनिबार उनलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले बताए ।

४६ वर्षीय चौधरीले विदेश पठाउँछु भनेर ठगेको आरोप छ । उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ अनुमति जारी भएको थियो ।

आरोपीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइने एसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖