• Monday 5th of October 2026

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा एक सय रुपैयाँले घटेर तोलामा ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलामा ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖