• Monday 5th of October 2026

शिक्षा अधिकृत माथि मोबिल खन्याउने वडा सदस्य पक्राउ


  • धनकुटा खबर
  • .

दाङ। घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खन्याएको आरोपमा वडा सदस्य उत्तम बुढाथोकी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीका अनुसार बुढाथोकीलाई घोराहीबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनप्रति असन्तुष्टि जनाउँदै घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहरामाथि मोबिल खन्याएका थिए।

नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य बुढाथोकीले उक्त घटनाको भिडियो आफैं सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖