• Tuesday 6th of October 2026

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्टलगायतलाई गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसलाई वैध देखाउने वातावरण बनाएको आरोपमा पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनी गरी १६ जना/संस्थाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विभागले विष्णु पौडेलको हकमा २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्दै बैंक खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफत गर्न मागदाबी गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖