• Monday 5th of October 2026

६ जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका विभिन्न जिल्लामा शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका विभिन्न स्थानमा उनीहरू मृत फेला परेका हुन्।

प्रहरीका अनुसार मृत फेला पर्नेहरूमा सप्तरीको कञ्चनरूप नगरपालिका–३ मा ५ वर्षीया बालिका सकिना खातुन, कैलालीको कैलारी गाउँपालिका–५ मा ७० वर्षीय सन्त राम चौधरी र कैलालीकै घोडाघोडी नगरपालिका–१ मा २० वर्षीय सागर शाही रहेका छन्। त्यसैगरी, अछामको कमलबजार नगरपालिका–६ मा ६५ वर्षीय नन्द सिंह सुनार मृत फेला परेका छन्।

यसअघि, चितवनको भरतपुर महानगरपालिका–११ मा अन्दाजी ६५ वर्षीय पुरुष र डोटीको दिपायल सिलगढी नगरपालिका–३ मा अन्दाजी ५० वर्षीया महिला मृत अवस्थामा फेला परेका थिए। चितवन र डोटीमा फेला परेका मृतकहरूको भने नाम, थर र वतन अझै खुल्न सकेको छैन।

स्थानीय प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवहरू पोस्टमार्टमका लागि पठाएको छ। प्रहरीले यी सबै घटनाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖