• Monday 5th of October 2026

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला, हत्या आशंकामा अनुसन्धान


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

आइतबार कोठाभित्रबाट दुर्गन्ध आउन थालेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले २५ वर्षीया निशा सुनुवारको शव फेला पारेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुनुवार कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी थिइन्।

प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। घटनाको वास्तविक कारण खुलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖