• Monday 5th of October 2026

बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं, साउन ५ — काठमाडौंको बौद्ध गेटअगाडि एक महिलाले आत्मदाहको प्रयास गर्दा उनी गम्भीर घाइते भएकी छन्। उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काभ्रेको तिमाल स्थायी घर भई हाल काठमाडौंको बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङ ले सोमबार अपराह्न करिब पौने ४ बजे आफ्नै शरीरमा आगो लगाएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घाइते गुरुङको प्रारम्भिक उपचार गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल मा गरिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल को आईसीयूमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार गुरुङ बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी विवाहित महिला हुन्। उनले आत्मदाहको प्रयास किन गरिन् भन्ने कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖