• Monday 5th of October 2026

कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार कारभित्र जलेका व्यक्ति कीर्तिपुरको ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्। उनी मूलतः नरदेवी निवासी रहेको र परिवारले शवको सनाखत गरिसकेको प्रहरीले जनाएको छ।

मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा श्रेष्ठले चलाइरहेको बा.५ च ३०३८ नम्बरको सेतो रङको किया कारमा अचानक आगलागी भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार चाँदनी चोकमा कार रोकिएपछि सुरुमा गाडीभित्र सानो आगो देखिएको थियो। केही समयमै आगो तीव्र रूपमा फैलिएको थियो। त्यसपछि प्रहरी र स्थानीयवासीले अग्नि नियन्त्रण यन्त्रको प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए।

प्रहरीका अनुसार कार २०६२ साल कात्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको खुलेको छ।

मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। आगलागीको कारणबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖