• Monday 5th of October 2026

चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी, कलाकार नारद खतिवडा सहित तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूले कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने तथा विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

प्रहरीले पक्राउ परेकाहरूको विवरण सार्वजनिक गर्दै उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

पक्राउ पर्नेहरू:

उदयपुरको कटारी नगरपालिका–८ घर भई हाल ललितपुर महानगरपालिका–१४ नख्खीपाट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा
नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–७ तर्गौली निवासी ५९ वर्षीय गोपालकुमार गुरुङ
सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने ५२ वर्षीय नारदप्रसाद खतिवडा

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖