दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र मृत अवस्थामा फेला परेका दुई जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृतकहरू ३६ वर्षीय कमल गिरी र ३५ वर्षीय घनश्याम गिरी हुन्।
उनीहरू निर्माणाधीन घरको पानी ट्यांकीभित्र मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले शवको सनाखत गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा ट्यांकीभित्र अक्सिजनको कमीका कारण निसास्सिएर दुवै जनाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
