• Monday 5th of October 2026

घरको ढोका फोडेर जबरजस्ती करणीको प्रयास, खुकुरीले प्रतिकार गर्दा आरोपी घाइतेपछि पक्राउ


  • धनकुटा खबर
  • .

रामेछाप । रामेछापमा एक महिलामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, मिति २०८३ साउन ४ गते बिहान करिब २ बजे खाँडादेवी गाउँपालिकाकी एक महिलाको घरको ढोका फोडेर प्रवेश गरी तिलक बहादुर नेपाली ले जबरजस्ती करणीको प्रयास गरेको आरोप छ।

प्रहरीका अनुसार, पीडित महिलाले खुकुरी प्रयोग गरी प्रतिकार गर्दा आरोपीको बाँया खुट्टामा चोट लागेको थियो। त्यसपछि उनी घटनास्थलबाट फरार भएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको टोलीले खोजतलासका क्रममा आरोपीलाई मन्थली नगरपालिका–१ बाट पक्राउ गरेको जनाएको छ।

रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖