• Monday 5th of October 2026

धनुषामा चल्याे गोली


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले धनुषाको ढल्केबरमा गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु छन् ।

शुक्रबार ढल्केबरबाट जनकपुर जाने सडकमा प्रहरीसँग जम्काभेट भएपछि भाग्न लागेका कारोबारीलाई पक्राउ गर्न एक राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

आरोपीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖