• Monday 5th of October 2026

कारभित्र जलेको अवस्थामा फेला परेकी महिलाको खुल्यो पहिचान


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा भेटिएकी छन् । तारकेश्वर नगरपालिका १ मा रहेको बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरेर राखिएको विद्युतीय कारभित्र महिलाको शव भेटिएको छ ।

उनी सोही नगरपालिका वडा नम्बर ९ की ४५ वर्षीया रश्मी रिजाल रहेको बताइएको छ । हिजो बिहानदेखि परिवारसँग सम्पर्क विहीन रहेकी उनी आज दिउँसो कारभित्र जलेको अवस्थामा भेटिएकी हुन् ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनी सानिमा बैंकको नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडको रुपमा कार्यरत कर्मचारी भएको बताइन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖