• Sunday 4th of October 2026

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री


  • धनकुटा खबर
  • .

हैदारावाद, १० साउन । दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी चलचित्र ‘स्पिरिट’ हाल चर्चामा रहेको छ। 

 

केही महिनाअघि दीपिका पादुकोणले यो परियोजना छोडेपछि तृप्ति डिमरी र प्रभासको जोडी बन्ने बाटो खुलेको थियो। यसैबीच, एउटा ठूलो खबर बाहिर आएको छ, जसले प्रशंसकहरूमाझ निकै उत्साह जगाएको छ । अब अभिनेत्री कट्रिना कैफ पनि यस चलचित्रमा जोडिने भएकी छिन्।

 

डेक्कन हेराल्डको एक रिपोर्ट अनुसार चलचित्र निर्माताहरूले क्याट्रिना कैफसँग छोटो तर प्रभावशाली भूमिका अर्थात क्यामियोका लागि कुराकानी गरिरहेका छन्। यद्यपि चलचित्रमा उनको उपस्थिति छोटो समयका लागि मात्र भए पनि उनले सशक्त भूमिका निर्वाह गर्नेछिन्। यदि क्याट्रिनाले यस चलचित्रमा काम गरिन् भने यो उनका प्रशंसकहरूका लागि विशेष उपहार हुनेछ। 

 

विवाहपछि उनी ठूलो पर्दामा कमै देखिएकी छिन् र उनका हालैका केही चलचित्रहरूले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । त्यसैले, ‘स्पिरिट’ उनका लागि एउटा महत्त्वपूर्ण चलचित्र साबित हुन सक्छ। यद्यपि, यस विषयमा न त क्याट्रिना न त निर्माताहरूले नै अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छन्।

 

यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने, सन्दीप रेड्डी वांगाद्वारा निर्देशित यस चलचित्रमा सुरुमा मुख्य भूमिकाका लागि दीपिका पादुकोणलाई लिने तय गरिएको थियो। तर, ‘न्यूज १८ शोशा’ का अनुसार उनले निर्माताहरूसँग ८ घण्टाको सिफ्ट र २५ करोड रुपैयाँ पारिश्रमिक र चलचित्रको नाफाको १० प्रतिशत हिस्साको माग गरेकी थिइन्। फलस्वरूप, वार्ता सफल हुन सकेन र उनी यस परियोजनाबाट बाहिरिएकी थिइन्। त्यसपछि उक्त भूमिकाका लागि तृप्ति डिमरीलाई छनोट गरियो र उनले दीपिकाको तुलनामा कम पारिश्रमिक लिइरहेकी छिन्।

कट्रिनाले लगभग २० वर्ष पहिले तेलुगु फिल्महरूमा काम गरेकी थिइन्फ ‘मल्लीस्वरी’ मा वेंकटेश र ‘अल्लारी पिडुगु’मा नन्दमुरी बालकृष्णसँग अभिनय गरिन्। पछि उनी बलिउड फिल्महरूमा सक्रिय भइन् र अन्तिम पटक २०२४ मा विजय सेतुपतिसँगै फिल्म ‘मेरी क्रिसमस’मा देखिएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖