• Monday 5th of October 2026

आज राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बुधबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बिहीबार र शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

भोलि कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖