सिरहा । सिरहाको गोलबजारमा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घटनापछि स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार बिहीबार मध्याह्न भएको झडपमा करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको हो।
घटनामा अर्का एक जना घाइते भएका छन्। उनको उपचार भइरहेको जनाइएको छ।
झडपपछि प्रदर्शनकारीहरूले एक ग्यारेजबाट ११ वटा मोटरसाइकल निकालेर आगजनी गरेका थिए। त्यसपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको भन्दै प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
