• Monday 5th of October 2026

सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी


  • धनकुटा खबर
  • .

काठमाडौं । सिरहामा प्रदर्शन उग्र बन्दै जाँदा आगजनी र तोडफोडका घटना बढेका छन्। बिहीबार बिहानदेखि प्रदर्शन चर्किएपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

यसक्रममा गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल मा आगजनी गरिएको छ। आगलागीबाट मलमा क्षति पुगेको जनाइएको छ।

घटनापछि नेपाल प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन तथा शान्ति–सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रहरीले आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖