• Monday 5th of October 2026

धनुषामा एक पुरुष मृत अवस्थामा फेला, हत्या भएको आशंका


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–स्थित रघुनाथपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। उनको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार मृतकको हालसम्म सनाखत हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा उनी नेपाल–भारत सीमावर्ती क्षेत्रमा घुम्ने, विभिन्न ठाउँमा बास बस्ने तथा मागेर जीविकोपार्जन गर्ने व्यक्ति रहेको खुलेको छ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए।

स्थानीयवासीका अनुसार मृतकको शरीरमा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖