• Monday 5th of October 2026

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट कर्मा तामाङलाई गोली प्रहार गरी पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार गए राति करिब २ बजे प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।

प्रहरीको गोली तामाङको खुट्टामा लागेको छ। घाइते उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङ चोरी तथा लुटपाटसम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा खोजी सूचीमा थिए। उनी कैद सजाय भुक्तानका क्रममा रहेका बेला जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖