काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना क्षेत्रस्थित लिखु खोला नजिक सुनकोशी नदीमा यात्रुसहितको कार खसेको छ।
प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्गअन्तर्गत निर्माण कार्यस्थलमा खटिएका कन्ट्रयाक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा खसेको हो।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार कारमा चार जना सवार रहेको जानकारी प्राप्त भएको छ। उनी घटनास्थलतर्फ प्रस्थान गरिसकेको बताएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
