• Monday 5th of October 2026

कृषि प्रयोगशालामा कार्यरत महिला कर्मचारीको रहस्यमय मृत्यु, नायब सुब्बा पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत । एक महिला कर्मचारीको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत एक नायब सुब्बालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा कविलाल विसी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार विसीलाई शनिबार नियन्त्रणमा लिइएको हो। उनीमाथि अनुसन्धानका लागि आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंह शनिबार बिहान प्रयोगशालाको आवासगृहस्थित बाथरुममा बेहोस अवस्थामा फेला परेकी थिइन्।

उनलाई तत्काल उद्धार गरी उनका श्रीमान् महेश बस्नेतले प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकका श्रीमान्ले दिएको उजुरीका आधारमा आत्महत्या दुरुत्साहनको कसुरमा वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट नायब सुब्बा विसीलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖