• Monday 5th of October 2026

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय चन्द पक्राउ


  • धनकुटा खबर
  • .

सल्यान, १८ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
 

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दार्मा गाउँपालिका–४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्र बहादुर चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

 

रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖