काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देल बीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान १०:५० बजे सुरु भएको भेटवार्ता जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्।
सैनिक अधिकारीहरूका अनुसार यो भेट नियमित समन्वयका क्रममा भएको हो।
यसअघि सुनसरी र मधेश प्रदेशमा दुई समुदायबीच उत्पन्न तनावपछि साउन १४ गते प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो। उक्त बैठकमा तराई–मधेश क्षेत्रमा शान्ति–सुरक्षा अवस्था तथा सम्भावित चुनौतीसँग जुध्ने विषयमा छलफल भएको थियो।
