• Monday 5th of October 2026

विद्यालयभित्रै महिला शिक्षिकाको निर्मम हत्या, ३२ सेकेन्डमा ३४ पटक छुरा प्रहार


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतको हरियाणा राज्यको फरीदाबादस्थित एक निजी विद्यालयमा एक महिला शिक्षिकाको दिनदहाडै हत्या गरिएको घटनाले सनसनी मच्चाएको छ। विद्यालय नजिकै रहेको प्रहरी चौकीबाट केही मिटरको दूरीमै उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजमा एक युवक केही समयदेखि विद्यालय परिसरभित्र पर्खिरहेको देखिन्छ। शिक्षिका सन्ध्या बाहिर निस्किएलगत्तै ती युवकले उनलाई समातेर घिसार्दै बाहिर ल्याउँछन् र धारिलो हतियारले लगातार आक्रमण गर्छन्। फुटेजअनुसार करिब ३२ सेकेन्डको अवधिमा उनले ३४ पटकसम्म छुरा प्रहार गरेको देखिएको छ।

सन्ध्याको चिच्याहट सुनेपछि विद्यालयका प्रशासक तथा कर्मचारी घटनास्थलमा पुगेर उनलाई बचाउने प्रयास गर्छन्। तर आक्रमणकारीले उनीहरूमाथि पनि आक्रमण गर्न खोजेपछि उनीहरू पछि हट्न बाध्य हुन्छन्। त्यसपछि युवक घटनास्थलबाट फरार भएको बताइएको छ।

घटनापछि प्रहरीले हत्या मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा फरार अभियुक्तको पहिचान गरी पक्राउ गर्न खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖