• Monday 5th of October 2026

जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै


  • धनकुटा खबर
  • .

हैदारावाद, २० साउन । केरलको कोट्टायम जिल्लास्थित चङ्गनसेरीमा एउटा साँच्चै अनौठो विवाह सम्पन्न भएको छ ।
 
चङ्गनसेरी मेट्रोपोलिटन चर्चमा जुम्ल्याहा दिदीबहिनीले जुम्ल्याहा दाजुभाइसँग विवाह गरे। यस विवाहको सबैभन्दा उल्लेखनीय पक्ष के थियो भने विवाह सम्पन्न गराउने पादरीहरू पनि जुम्ल्याहा दाजुभाइ नै थिए।
 
अखिल र निखिल नामका दुई दुलहाले मागी र मारिया नामका जुम्ल्याहा दिदीबहिनीसँग विवाह गरेका हुन । दुवै परिवारको चाहना यस्तो विवाह स्थलको थियो, जहाँ सबैजना सँगै बस्न सकून्। संयोगवश, दुवै परिवारले आफूले चाहेजस्तो उपयुक्त ठाउँ भेट्टाए र यो अनौठो विवाह सम्पन्न भयो।

यस विवाहको सबैभन्दा ठूलो आकर्षण विवाह सम्पन्न गराउने पादरीहरू थिए। ती दुई दिदीबहिनीले विशेष रूपमा यस्ता पादरीहरू खोजिएको थियो कि जो आफैँमा जुम्ल्याहा हुन्।

सौभाग्यवश, उनीहरूले फादर एन्टो र फादर आजो नामक जुम्ल्याहा पादरीहरू पनि भेट्टाए र उनीहरू दुवैले खुसीसाथ विवाह सम्पन्न गराउने जिम्मेवारी स्वीकार गरेका थिए ।
 
पादरीहरूले बताएअनुसार उनीहरूको जीवनमा यस्तो अद्वितीय अवसर पहिलो पटक आएको हो र यो उनीहरूका लागि पनि साँच्चै अविस्मरणीय क्षण हो। उनीहरूले औंल्याए कि जसरी ती दुई जोडीको जन्मसँगै भएको थियो, त्यसरी नै अब उनीहरूको नयाँ जीवनको सुरुवात पनि सँगै हुँदैछ।
 
विवाह पछि दुलहा र दुलहीले खुलासा गरे कि उनीहरूले जुम्ल्याहा दाजुभाइसँग विवाह गरुन् भन्ने कुरा सधैं उनीहरूका अभिभावकको सपना थियो। ईश्वरको कृपाले त्यो सपना साकार भयो। उल्लेखनीय कुरा के छ भने दुवै दुलहा ‘मर्चेन्ट नेभी’ मा कार्यरत छन् भने दुवै दुलहीहरू सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेका छन्।
 
चर्चमा उपस्थित पाहुनाहरूका लागि जुम्ल्याहा पादरीहरूद्वारा सम्पन्न गराइएको दुई जोडी जुम्ल्याहाहरूको विवाहको साक्षी बन्न पाउनु साँच्चै नै एक असाधारण र अविस्मरणीय अनुभव भएको प्रतिक्रिया दिएका थिए ।यो विवाह अहिले त्यस क्षेत्रभरि चर्चाको विषय बनेको छ।

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖