• Monday 5th of October 2026

ह्नात्तै बढ्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाण्डौ – आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुन तोलामा चार हजार २०० रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖