• Monday 5th of October 2026

ग्वार्को बस दुर्घटनामा मृत्यु हुने महिलाको परिचय खुल्यो


  • धनकुटा खबर
  • .

ललितपुर, साउन २१ — ललितपुरको ग्वार्कोमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुने महिलाको परिचय खुलेको छ।

दुर्घटनामा दोलखाको शैलुङ गाउँपालिका घर भएकी ४० वर्षीया जेनिसा लामाको उपचारका क्रममा मृत्यु भएको हो। उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको बेला ज्यान गएको प्रहरीले जनाएको छ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको मध्यपुर यातायातको बस ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेहरूको बीएण्डबी तथा ग्लोबल अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि बस चालक काभ्रेको तेमाल गाउँपालिका–३ निवासी ३६ वर्षीय लाक्षी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖