• Monday 5th of October 2026

३ जना सहसचिवको सरुवा, काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले तीन जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रशासन सेवा तथा नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरकारले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। गुरागाईं बुधबार औपचारिक रूपमा महानगरबाट बिदा भएका थिए।

त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव रमेशकुमार केसीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय सरकारले गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖