• Monday 5th of October 2026

काठमाडौँमा हार्डवेयर पसल सञ्चालकमाथि चक्कु प्रहार गरी फरार रहेका युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–९ स्थायी घर भई हाल काठमाडौँको कपन बस्दै आएका २३ वर्षीय बुद्ध रुम्बा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साउन १९ गते राति करिब १०:१५ बजे नागार्जुन नगरपालिका–८ स्थित सिभान्स सप्लायर्स हार्डवेयरका सञ्चालकमाथि चक्कु प्रहार भएको थियो। घटनापछि आरोपी फरार भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खोजतलास तीव्र बनाएको थियो। सोही क्रममा साउन २० गते काठमाडौँको कोटेश्वर क्षेत्रबाट रुम्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार पक्राउ परेका रुम्बामाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖