• Monday 5th of October 2026

कांग्रेस दलित संघको अपिल : अनधिकृत भेला तथा भ्रमपूर्ण प्रचारमा सहभागी नहुन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल दलित संघले नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीको आधिकारिक संरचनाबाहिर गठन गरिएको भनिएको कुनै पनि आयोजक समिति वा भेलामा आफ्नो संलग्नता नरहेको स्पष्ट गर्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेको छ।

संघका केन्द्रीय अध्यक्ष विपेन्द्र रामुदामु (विपिन) द्वारा जारी अपिलमा नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिसकेको, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत वैधानिकता प्राप्त गरेको तथा पार्टीले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर आफ्नो नियमित गतिविधि अघि बढाइरहेको उल्लेख गरिएको छ।

अपिलमा नेपाल दलित संघको नेतृत्व चयन गरी कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया जारी रहेको जानकारी दिँदै हालै नेपाल दलित संघका केन्द्रीय अध्यक्ष समेत रहेको भन्दै ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले नेपाली कांग्रेसबाट निर्वाचित महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, नेपाल दलित संघका पूर्व तथा वर्तमान पदाधिकारी, प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारी तथा सदस्यहरूलाई भ्रममा नपरी त्यस्ता भनिएका भेला तथा कार्यक्रमहरूमा सहभागी नहुन अपिल गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖