• Monday 5th of October 2026

आज पनि सुनको भाउमा थप वृद्धि, चाँदी पनि महँगियो


  • धनकुटा खबर
  • .

काठमाडौ । हिजो तोलामा ८ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ।

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा ४ हजार २ सयले बढेको थियो।

गएका तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १ सय रुपैयाँ बढेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ४ हजार ५ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖