कपिलवस्तु । कपिलवस्तुका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका छन्। उनी चढ्ने मोटरसाइकल गोरुसिङ्गेस्थित जङ्गलमा फेला परेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको छ।
ढेकहरीमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारीमा रहेका सिंह शुक्रबारदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएको बताइएको छ। मोटरसाइकल जङ्गलमा भेटिएपछि घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले खोजी अभियान अघि बढाएको हो।
सिंहको खोजीमा प्रहरीसँगै स्थानीयवासी र आफन्तहरू बिहानैदेखि विभिन्न स्थानमा परिचालित भएका छन्। प्रहरीले उनको अवस्थाबारे थप अनुसन्धान तथा खोजी जारी राखेको जनाएको छ।
