• Monday 5th of October 2026

किर्ते तथा ठगीको आरोपमा वडाध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

रूपन्देही । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव किर्ते तथा ठगीको आरोपमा पक्राउ परेका छन्।

यादवविरुद्ध किर्ते र ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। अदालतको अनुमतिपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो।

पक्राउबाट जोगिन यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अल्पकालीन अन्तरिम आदेश माग गरेका थिए। तर, शुक्रबार अदालतले उक्त आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका यादवमाथि किर्ते तथा ठगीसम्बन्धी आरोपमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖