• Monday 5th of October 2026

पिकअप जिप दुर्घटना, १० जना घाइते


  • धनकुटा खबर
  • .

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

बिहान करिब ७ बजे लु.१ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जिपमा सवार चालकसहित १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र नौ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖