काठमाडौँ । पछिल्ला चार दिनमा तोलामा १७ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बुधबार, बिहीबार र शुक्रबार लगातार बढेको सुनको मूल्य हिजो मात्रै तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसअघि शुक्रबार ९ सय, बिहीबार ८ हजार र बुधबार ४ हजार २ सय रुपैयाँले सुनको मूल्य बढेको थियो।
यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, माघ १५ गते चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। माघ १८ गते चाँदीको मूल्य एकैदिन तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।
