• Monday 5th of October 2026

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । महोत्तरी र नवलपरासी पश्चिममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महोत्तरीको औरही नगरपालिका–३ का ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ अस्नैयाका २१ वर्षीय दीपक जिसीलाई आइतबार दिउँसो पक्राउ गरिएको छ। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी चौकी बैरागनाथबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖