मकवानपुर । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको छ।
आज बिहान काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो। दुर्घटनामा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुर्घटनाको समयमा गाडीमा मुख्य न्यायाधीश र उनका पारिवारिक सदस्यहरू रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
