• Monday 5th of October 2026

उच्च अदालतका न्यायाधीश डाँगीसँगै दुर्घटनामा घाइते भएको सबैको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा भएको स्कार्पियो दुर्घटनामा घाइते भएका ६ जनाकै पहिचान खुलेको छ।

दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित स्कार्पियो चालक दाङको राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडीको दशरथचन्द–७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ।

घाइतेहरूलाई भीमफेदी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पठाउने तयारी भइरहेको छ।

प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गर्दा भीमफेदी–६ जुरीखेलमा सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖