• Monday 5th of October 2026

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भदौ २ गते भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानअनुसार उनी भदौ १ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्।

घटनापछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानलाई थप प्रभावकारी बनाउन नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने अन्दाजी १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र त्यहाँ जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक १६ वर्षीय बालक तथा उक्त म्याजिकका धनी जितपुरसिमरा–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖