• Monday 5th of October 2026

अर्का एक सुकुम्बासीले पनि गरे आत्महत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले आत्महत्या गरेका छन्।

करिब चार महिनाअघि सरकारले काठमाडौंको शान्तिनगर (गैरीगाउँ)स्थित सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्।

घर भत्काइएपछि सरकारले दिएको २५ हजार रुपैयाँ राहत लिएर उनी ललितपुरको टिकाथलीमा डेरा गरी बस्दै आएका थिए। उनी श्रीमती र छोराछोरीसहित सात सदस्यीय परिवारमा बस्दै आएका थिए।

घरबारविहीन भएपछि डेरामा बस्दै आएका नेपालीले आत्महत्या गरेको घटनापछि विस्थापित सुकुम्बासी परिवारको अवस्था र उनीहरूले भोग्दै आएको समस्यामाथि पुनः प्रश्न उठेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖