फुकुओका । जापानको फुकुओका नाकागावा नदीमा २०–३० वर्ष उमेर समूहकी एक युवतीको शव तैरिरहेको अवस्थामा फेला परेको छ। जापानी प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ ।
यसैबीच, प्राप्त विवरणअनुसार मृतक नेपालको झापा, चन्द्रगढी–४ की २५ वर्षीया लक्ष्मी राजवंशी हुन भने उनी फुकुओकामा अध्ययनरत रहेको बुझिएको छ ।
प्रहरीका अनुसार युवतीको निधारमा चोट देखिएको थियो भने उनीसँग कुनै परिचयपत्र वा सामान फेला परेको थिएन।
घटनालाई प्रहरीले दुर्घटना वा आपराधिक घटना दुवै कोणबाट अनुसन्धान गरिरहेको छ।
