• Monday 5th of October 2026

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते


  • धनकुटा खबर
  • .

सर्लाही । हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको जनकपुरस्थित गोल्डेन अस्पताल धनुषामा उपचार भइरहेको छ।

दुर्घटनापछि ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ का २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖