• Monday 5th of October 2026

प्रधानमन्त्री बालेन बस्ने रिसोर्टमा सुरक्षा कडा, सबै बुकिङ रद्द


  • धनकुटा खबर
  • .

पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बस्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रधानमन्त्री शाह शुक्रबार उक्त रिसोर्टमा बस्ने भएपछि रिसोर्ट जाने बाटोमै सुरक्षा जाँच सुरु गरिएको हो। सुरक्षाका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।

रिसोर्टभन्दा करिब ३०० मिटर अगावै सुरक्षा जाँचका लागि प्रहरी तैनाथ गरिएको छ। नेपाली सेनाको टोलीले समेत पालैपालो क्षेत्रमा रेकी गरिरहेको बताइएको छ।

रिसोर्ट सञ्चालक तथा कर्मचारीलाई समेत परिचयपत्र जाँच गरेर मात्रै प्रवेश दिइएको छ। प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै रिसोर्टका अन्य सबै बुकिङ रद्द गरिएको जनाइएको छ।

पोखराका एक पर्यटन व्यवसायीले प्रधानमन्त्री शाह बस्ने रिसोर्ट बुकिङ गरेको बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖