दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३, बखरियाका दुई दिदीबहिनी चार दिनदेखि बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बखरियाका कमल जैसीकी १३ वर्षीया छोरी रचना जैसी र उनका दाजुकी १८ वर्षीया छोरी चन्द्रमा जैसी रहेका छन्। रचना कक्षा ९ र चन्द्रमा कक्षा १२ मा अध्ययनरत छन्।
परिवारका अनुसार उनीहरू गत बिहीबार बिहान करिब साढे ९ बजे घोराहीमा साथीको घरमा जाने भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू घर नफर्किएपछि परिवारले खोजी थालेको थियो।
हिजो बेलुकासम्म पनि उनीहरूको कुनै खबर प्राप्त नभएपछि परिवारले राति करिब ८ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजतलासका लागि निवेदन दिएका छन्।
प्रहरीका अनुसार हालसम्म दुवै दिदीबहिनीको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
