• Monday 5th of October 2026

बिहानदेखि सम्पर्कविहीन भएकी २ बर्षिया बालिका झाडीमा मृत फेला


  • धनकुटा खबर
  • .

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चौकमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आज बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र परिवारजनले खोजी गर्ने क्रममा खुशीलाई आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला पारेका हुन्।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖