• Monday 5th of October 2026

सप्तरीमा दुई वर्षीया नाबालिकाको हत्या, एकजना पक्राउ


  • धनकुटा खबर
  • .

जनकपुर । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि बालिकाको शव घरको पछाडिपट्टि रहेको झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरी टोलीले तत्काल खोजी सुरु गरेको थियो। खोजीका क्रममा उनलाई घरपछाडिको झाडीमा मृत अवस्थामा फेला पारिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण बालिकाको हत्या भएको हुन सक्ने देखिएको एसपी खड्काले बताएका छन्।

घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको परिचय तथा घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖