• Monday 5th of October 2026

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु पक्राउ


  • धनकुटा खबर
  • .

चितवन, भदौ ७ । आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले भरतपुरका ४५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

पीडित युवतीले जिल्ला प्रहरी कार्यालय चितवनमा पुगेर उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।

प्रहरीका अनुसार आरोपितकी श्रीमती र छोरा वैदेशिक रोजगारीका क्रममा जापानमा बस्दै आएका छन्। छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आरोपित करिब आठ महिनाअघि नेपाल फर्किएका थिए। पछि पुनः जापान फर्कने तयारीमा रहेका उनी र उनकी छोरी मात्रै घरमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार गत साउन २८ गते मादक पदार्थ सेवन गरेका आरोपितले छोरीलाई डरधम्की दिँदै जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा आरोपितले कसुर स्वीकार गरेका छन्।

भदौ ४ गते पक्राउ परेका उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖